१६ चैत्र २०७९, बिहीवार

सधैँ हार हुँदैन, हारपछि जित हुन्छ : अध्यक्ष नेपाल

२०७९,माघ,१४,शनिवार २१:००

63
Shares

सप्तरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताए ।

राजविराजमा आज आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै नेपालले राजनीति चुनावमा हारजित भइरहने भएकाले आत्तिन नहुने बताए । ‘हार भन्ने कुरा सधैँ भइरहँदैन, बाधा, अवरोध पन्छाउँदै अगाडि बढेमा हारपछि जित हुन्छ’, नेपालले भने ।

भारतमा पनि जवाहारलाल नेहरु, इन्दिरा गान्धी हुँदा जितिरहेको कांग्रेस (आइ) अहिले हारिरहेको र भाजपाले जितिरहेको उदाहरण दिँदै उनले कांग्रेस (आइ) ले अहिले सुरु गरेको देशव्यापी अभियानमा लाखौँलाख मानिसहरू जोडिएर नयाँ तरङ्ग सिर्जना गरिरहेको बताए ।

उनले जनताको सम्मान गर्ने विचार भएको पार्टीका कार्यकर्ताहरूलाई हिम्मत नहार्न बारम्बार आग्रह गर्दै समानुपातिक मतदानमा कमजोरी र बेवास्ता भएकाले आशा गरेअनुसार परिणाम प्राप्त नभएको बताए ।

प्रकाशित मिति: २०७९,माघ,१४,शनिवार २१:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२