१५ चैत्र २०७९, बुधबार

राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : बिडारी

२०७९,माघ,१४,शनिवार २०:२६

36
Shares

काठमाडौं । राष्ट्रिय सभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा शनिबार भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रियामा उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतीक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरुबाट मुक्ति मिल्ने उनको भनाइ थियो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको आरोप लगाए । उनले राष्ट्रपति भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए ।

उनले राष्ट्रपति पद पहिला फालेको जस्तो पद भए पनि पछिल्ला घटनाक्रमले राष्ट्रपतीय पद्धतिलाई परिमार्जन गर्नका निम्ति विद्वत् वर्गले सुझाव दिनुपर्ने आवश्यकता देखिएको बताए । उनले राष्ट्रपति निर्वाचनमा गोप्य चुनाव किन हुनुप¥यो भन्दै प्रश्नसमेत गरे ।

उनले भने, ‘राष्ट्रपति निर्वाचनको बारेमा गोप्य चुनाव किन गराए, भोट हाल्ने जनताका प्रतिनिधिले, माननीयहरुले ? तर त्यसको चुनावचाहिँ गोप्य, यसको अर्थ त ह्वीप लाग्दैन भनेको हो नि ! ह्वीप नलाग्ने प्रकारको यो चुनाव हो । राष्ट्रपतिको चुनावमा ह्वीप नलाग्ने कुरामा अभ्यास गर्नुपर्छ ।’

प्रकाशित मिति: २०७९,माघ,१४,शनिवार २०:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२