प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार

लोकपथ
42
Shares
/fli6«o;ef a}7sdf k|d bfxfn sf7df8f}F, !) df3M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú dªunaf/ a;]sf] /fli6«o;efsf] a}7snfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह मन्त्रालयको कार्यभार पनि सम्हालेका छन् । उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सांसद र मन्त्रीबाट शुक्रबार पदमुक्त गरेको थियो ।

उक्त फैसलापछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए । उनले पदबाट राजीनामा दिएसँगै गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हालेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले उक्त कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिए ।

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले सांसद बन्‍न अयोग्य ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा उनी निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?