१३ चैत्र २०७९, सोमवार

सातामा नेप्से २१ सय ८३ अंकमा पुग्दा १३ अर्ब १९ करोडको कारोबार

२०७९,माघ,१४,शनिवार १३:०३

0
Shares

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) यो साता २१ सय ८३ दशमलव २१ अंकमा अंकमा कायम हुन पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार सय १३ दशमलव १४ अंकमा कायम भएको छ । नियमित कारोबारको लागि सातामा चार दिन मात्र खुलेको नेप्से दुई दिन घटेको थियो भने बाँकी दुई दिन बढेको थियो ।

सोहीकारण पनि नेप्से सातामा २१ सय अंकमा वरिपरी घुमेको हो । यो साता नेप्सेमा दुुई सय ६१ वटा कम्पनीहरुको दुई लाख १९ हजार नौं सय ४० पटक सेयर किनबेच भएको छ । जसअन्र्तगत तीन करोड ६३ लाख ५६ हजार सात सय ८६ कित्ता शेयर किनबेच हुुँदा कुल कारोबार रकम १३ अर्ब १९ करोड ३८ लाख ३० हजार एक सय ९० रुपैंयाँ कायम हुन पुगेको छ ।

यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले बढी हो । गत साता भने नेप्सेमा दुुई सय ५० वटा कम्पनीहरुको एक लाख ९१ हजार सात सय ३२ पटक सेयर किनबेच भएको थियो । सो अनुसार उक्त साता तीन करोड ३४ लाख ३५ हजार ७३ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ११ अर्ब ६९ करोड ८० लाख ३८ हजार पाँच सय २० रुपैयाँ पुगेको थियो ।

नेप्सेको नियमित कारोबार कक्ष यो साता चार कार्य दिन मात्र खुल्ला रहेको थियो । सो मध्ये पहिलो दिन बन्द रहेको नेप्से दोस्रो र पाँचौं दिन घटेको थियो भने तेस्रो र चौंथो दिन बढेको थियो । जसअनुसार दोस्रो दिन १३ दशमलव ७१ अंकले घटेर २१ सय ६५ दशमलव १० अंकमा झरेको नेप्से तेस्रो दिन आठ दशमलव १५ अंकले बढेर २१ सय ७३ दशमलव २५ अंकमा पुग्न सफल भएको थियो ।

चौंथो दिन पुन १० दशमलव ३७ अंकले बढेर २१ सय ८३ दशमलव ६२ अंकमा चढेको नेप्से पाँचौं दिन भने शुन्य दशमलव ४१ अंकले घटेर २१ सय ८३ दशमलव २१ अंकमा सिमित हुन पुगेको थियो । यसैगरी दोस्रो दिन दुई दशमलव शुन्य पाँच अंकले घटेर चार सय १३ दशमलव शुन्य एक अंकमा झरेको सेन्सिटिभ इन्डेक्स तेस्रो दिने दुई दशमलव ५३ अंकले बढेर चार सय १५ दशमलव ५४ अंकमा पुग्न सफल भएको छ ।

चौंथो दिन पुन एक दशमलव ३० अंकले घटेर चार सय १४ दशमलव २४ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पनि एक दशमनलव १० अंकले घटेर चार सय १३ दशमलव १४ अंकमा खुम्चिएको थियो ।

यो साता नेशनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक शेयर कारोबार (संख्या र रुपैयाँमा)
दिन                     कम्पनी संख्या          कारोबार संख्या               कित्ता                  कारोबार रकम
पहिलो दिन सार्वजनिक बिदा
दोस्रो दिन              २५७                       ६५१९४                      १०७५९५७९                ३८६४००८९७३.६९
तेस्रो दिन               २४८                       ५२४६०                      ८३००१८७                   ३००३२३००३९.४४
चौथो दिन              २६१                        ५४३७७                     ९५३२८६७                  ३४६६५०८३३८.६४
पाँचौं दिन              २५४                        ४७९०९                     ७७६४१५३                  २८६००८२८३९.०३
कुल                                                   २१९९४०                   ३६३५६७८६              १३१९३८३०१९०.८
(श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रकाशित मिति: २०७९,माघ,१४,शनिवार १३:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्याङ्जाको गल्याङ नगरपालिकाले आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

काठमाडौं । महोत्तरीबाट हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरुलाई काठमाडौं महानगरले खुलामञ्चमा बस्न नदिने भएको छ । महोत्तरीबाट आइतबार काठमाडौंको मातातीर्थमा

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६