राष्ट्र बैंकद्धारा १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको प्रस्ताव

लोकपथ
26
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको छ । शुक्रबार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीले प्रस्ताव पेस गर्न सक्ने राष्ट्र बैंकले निक्षेप लगानीको आव्हान गरेको हो ।

विभिन्न कोषमा रहेको रकम तीन सय ६५ दिने मुुद्धती निक्षेपको रुपमा २०७९ फागुन दुई गतेदेखि २०८० फागुन एक गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकको भनाई छ । यसरी राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि आठ करोड ३९ लाख, विकास बैंकहरुको लागि एक करोड ५७ लाख र फाईनान्स कम्पनीहरुको लागि ५२ लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ ।

रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही माघ १८ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ ।

रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका सर्तहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?