१६ चैत्र २०७९, बिहीवार

नेविसंघ स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप

२०७९,माघ,१३,शुक्रवार २२:३९

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि घोषणापत्र समितिमा सदस्य थपेको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालयद्वारा आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि नेविसंघका पूर्वकेन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा रहेको घोषणापत्र तयारी समितिमा आज सदस्य थप गरेका हुन् ।

उक्त समितिमा राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा.सुमन आचार्य, नेविसंघ पूर्वकेन्द्रीय सदस्य पदम भट्टराई, कृषि, वन तथा पशु विज्ञानका विद्यार्थी रमेशप्रसाद भट्ट, पङ्कजकुमार क्षेत्री, इञ्जिनियर राजेश्वर कमली, पत्रकार टेकराज अवस्थी, अधिवक्ता सुमन सैजुवाल, विकल राई, प्रसन्न वैद्य, प्रकाश श्रेष्ठ, महेन्द्र सिंह सदस्य रहेका छन् ।

स्ववियु निर्वाचनमा नेविसंघको सहभागितालाई प्रभावकारी बनाउन उक्त समितिलाई पूर्णता दिइएको अध्यक्ष शेर्पाले बताए । समितिको सदस्यमा प्रकाश सुवेदी, अनुप सुनुवार, डा.हिमाल भट्ट, विपीन बुढाथोकी, इञ्जिनियर आदर्श लामिछाने, इञ्जिनियर विपीन भट्टराई, इञ्जिनियर बबिन बस्नेत, गणेश थापा, श्यामराज ओझा, पुजा फुँयाल, सगुन कँडेल, पदमा भुसाल, इञ्जिनियर अनुकूल रेग्मी रहेका छन् ।

यसैगरी, विजय पुनमगर, विनोदराज जोशी, अर्जुन सापकोटा, वर्षा पराजुली, मनिषा रानाभाट, युरिका वन, सागर विश्वकर्मा, आशिका पौडेल र शिवलाल पौडेल सदस्य रहेका छन् । उक्त समितिको सदस्य सचिवमा विकल राईलाई मनोनित गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार २२:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२