१६ चैत्र २०७९, बिहीवार

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यक्रम स्थगित

२०७९,माघ,१३,शुक्रवार २२:३२

63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरेको छ । पार्टीका प्रवक्ता एवं महामन्त्री डा.मुकुल ढकालले आज साँझ एक विज्ञप्ति जारी गरी रास्वपाको केन्द्रीय समितिको निर्णय बमोजिम माघ १४ देखि प्रदेशमा तय गरिएका प्रदेश समितिको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

प्रवक्ता डा.ढकालले विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि सबै कार्यक्रम स्थगित गरेको बताए । सर्वोच्च अदालतले आज सो पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्धाको विषयमा फैसला गर्दै सांसद पद नरहने निर्णय गरेको थियो ।

रास्वपाले पार्टीका लागि चुनौतिको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमता साथ प्रस्तुत हुन अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार २२:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२