१६ चैत्र २०७९, बिहीवार

विधायन व्यवस्थापन समितिको बैठक : ‘कार्य परामर्श उपसमिति गठन’

२०७९,माघ,१३,शुक्रवार २१:२३

18
Shares

काठमाडौं । संघीय संसद्, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले ‘कार्य परामर्श उपसमिति’ गठन गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज भएको बैठकले समितिका सभापति डा.बेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा सांसदहरू अनिता देवकोटा, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ र गंगाकुमारी बेल्वासे सदस्य रहेका छन् । त्यसैगरी बैठकले देवेन्द्र दाहाल संयोजक रहेको पाँच सदस्यीय ‘समितिका निर्देशन, सुझाव कार्यान्वयनको अवस्था अध्ययन अनुगमन उपसमिति’ बाट सांसद अनिता देवकोटालाई हटाएर सदस्यमा सांसद जितेन्द्र देव र तारामान स्वाँरलाई राख्ने निर्णय गरेको छ ।

‘संविधानअनुसार बन्न बाँकी कानून पहिचान’ उपसमितिमा संयोजकको जिम्मेवारी अनिता देवकोटालाई दिइएको छ । सो उपसमितिका संयोजक विमला राई पौडेल नेपाल सरकारको परराष्ट्रमन्त्री भएपछि राष्ट्रियसभा विनियमावलीको नियम १५१ को उपनियम ४ खण्ड (ख) अनुसार मन्त्री भएपछि समितिको सदस्य नरहने व्यवस्थाअनुसार सांसद देवकोटालाई उपसमितिको संंयोजकको जिम्मेवारी दिइएको हो ।

सो उपसमितिको सदस्यमा उदयबहादुर बोहरा, भैरवसुन्दर श्रेष्ठ, सुरेशकुमार आलेमगर, भगवती न्यौपाने र राधेश्याम पासवान हुन् ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार २१:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२