रविको सांसद, मन्त्री र पार्टी सभापति पद गयो : के भन्छ आयोग ?

लोकपथ
169
Shares

काठमाडौं । नागरिकता विवादमा सर्वोच्चले गरेको फैसला अनुसार रवि लामिछानेको सांसद, उपप्रधान एवं गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पद गएको छ ।

नागरिकता विवादविरुद्ध परेको रिटमा शुक्रबारको सर्वोच्च अदालतको फैसला अनुसार उनको नागरिकता अवैधानिक रहेको छ ।

राजनीतिक दलको सदस्य हुनका लागि नेपाली नागरिकता हुनुपर्ने प्रावधान अनुसार उनको नागरिकता अवैधानिक भएसँगै सभापति पद गए पनि राजनीतिक दल भने रहने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

शर्माले भने, ‘दल दर्तासम्बन्धि कानुनका आधारमा म यत्ति भन्न सक्छु कि, राजनीतिक दलको सदस्य रहन नेपाली नागरिक अनिवार्य हुनुपर्नेछ ।’
उनले थपे, ‘अदालतको फैसलामा के छ भन्ने थाहा नभएकाले मैले अहिले नै यस्तै हुन्छ भन्न सक्दिन । तर नागरिकता अवैध रहेको हो भने उनको सभापति पदचाहिँ रहन्न ।’

यस मुद्दामा निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएकाले फैसला आयोगमा पुगेपछि थप निर्णय लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?