काठमाडौं । सर्वोच्चको फैसलापछि रवि लामिछानेको उपप्रधान एवं गृहमन्त्री पद समेत गएको छ ।
नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्चले उनको विपरित फैसला गरेसँगै उनको सांसद पद खारेज भएको छ । त्यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पद समेत खारेज भएको छ ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया पूरा नगरेको सर्वोच्चको ठहर छ ।
गत पुस १० गते लामिछाने वर्तमान सरकारको उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका थिए । सर्वोच्चको फैसलासँगै मन्त्रीमा नियुक्त भएको ३३ दिनमै उनको पद गएको हो ।
सर्वोच्चको फैसलासँगै उनले अब नेपाली नागरिकताको लागि नयाँ प्रक्रिया चाल्नुपर्ने हुन्छ । नयाँ नागरिकता नपाउन्जेलसम्मका उनले कुनै पनि कामकारबाही अघि बढाउन सक्दैनन् जसको कारण उनले सम्हाल्दै आएको स्वतन्त्र पार्टीको अध्यक्ष पद समेत गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया