सर्वोच्चको फैसलाविरुद्ध नाराबाजी गर्ने रविका समर्थक नियन्त्रणमा

लोकपथ
91
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध उनका समर्थकहरुले आपत्ति जनाउँदै नाराबाजी गरेका छन् ।

सर्वोच्च अदालत परिसरमा भेला भएका रविका समर्थकहरुले सर्वोच्चको फैसलाविरुद्ध नाराबाजी गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रवि अनागरिक रहेको पुष्टि भएको फैसला सार्वजनिक भएलगत्तै उनका सामर्थकहरुले सर्वोच्च अदालत र फैसला गर्ने न्यायाधीशहरुविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले फैसलालाई ‘पूर्वाग्रही’ भएको आरोप पनि लगाए । आक्रोशित जमातले ‘सर्वोच्च अदालत नै खारेज गर्न’ नाराबाजी गरेका थिए ।

तिनैमध्ये एक मनोज सापकोटाले ‘न्यायाधीशलाई कार्वाही गर्न माग’ गर्दै फैसलाविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिए । उनले फैसलाविरुद्ध प्रतिवादमा जनता सडकमा आउने पनि बताए ।

रविका वकीलहरुले पनि फैसलालाई पूर्वाग्रही रहेको भन्दै यसले पद्धतिमाथि नै प्रहार भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?