क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि परेनन् सन्दीप

लोकपथ
169
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

स्कटल्याण्ड र नामिबिया सहितको त्रिकोणात्मक सिरिजका लागि नयाँ अनुहारलाई समेत समावेश गरिए पनि सन्दीप लामिछानेलाई भने बोलाइएको छैन ।

मौसम ढकाल, अन्कित सुवेदी र सूर्य तामाङ उक्त सिरिजका लागि नयाँ अनुहार हुन् । यता राष्ट्रिय टिमका पूर्व कप्तान लामिछाने भने अटाएका छैनन् ।

बलात्कार अभियोगमा धरौटीमा थुनामुक्त भएका लामिछानेलाई क्यानका पदाधिकारीहरुले खेलमा फर्काउने विषयमा छलफल गरेका थिए । बिहीबार मात्र क्रिकेट संघका पदाधिकारीहरुले लामिछानेको निलम्बन फुकावा गरेर खेलमा फर्काउने विषयमा परामर्श भइरहेको बताएका थिए । तर शुक्रबार घोषित प्रारम्भिक टोलीमा उनी अटाएनन् ।

बन्द प्रशिक्षणका लागि कुलश भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोनही, अर्जुन चन्द, अभिनाथ बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन सार्कीलाई पनि बोलाइएको छ ।

May be an image of text that says 'ICC MEN'S CRICKET WORLD CUP LEAGUE 2 CAN SCOTLAND NEPAL-NAMIBIA-SCOTLAND TRI SERIES KIRTIPUR, NEPAL FEBRUARY 14 2023 SQUAD FOR CLOSED CAMP KUSHAL BHURTEL AASIF SHEIKH GYANENDRA MALLA ROHIT PAUDEL DIPENDRA SINGH AIREE AARIF SHEIKH GULSHAN JHA KARAN Kc SOMPAL KAMI SHARAD VESAWKAR LALIT RAJBANSHI KUSHAL MALLA MAUSAM DHAKAL ANIL SAH BIKRAM SOB BHUVAN KARKI ANKIT SUBEDI BINOD BHANDARI SAGAR DHAKAL SUNDEEP JORA KISHOR MAHATO KAMAL SINGH AIREE SIDDHANT LOHANI ARJUN SAUD ABINASH BOHARA SURYA TAMANG BIBEK YADAV BHIM SHARKI @CricketAssociationofNepal f/crcetasoiatiofNeaoffialCaN @CricketNep'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?