१६ चैत्र २०७९, बिहीवार

अखिल क्रान्तिकारीको अध्यक्षलाई २४ घण्टे स्पष्टीकरण : बार्गेनिङ गरेको विषयमा जवाफ माग

२०७९,माघ,१३,शुक्रवार १७:०२

432
Shares

काठमाडौं । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा भाँडभैलो भएको छ । अध्यक्ष नै बार्गेनिङमा संलग्न रहेको आरोप खेपिरहेकी छिन् ।

उक्त आरोप लागेकी अध्यक्ष पञ्चा सिंहलाई लेखा आयोग उपप्रमुख गम्भीर साउदले २४ घण्टे स्पष्टीकरण सोधेका छन् । अध्यक्ष सिंहले आफूमाथि लागेको आरोपको खण्डन गर्न नसकेको भन्दै प्रष्टीकरण सोधिएको हो ।

पोखरा विश्वविद्यालय र सीटीईभीटीमा आर्थिक बार्गेनिङ गरेको भन्दै अध्यक्ष सिंहमाथि संगठनका उपाध्यक्ष, कोषाध्यक्ष, केन्द्रीय सदस्यहरूले आरोप लगाउँदै आएका छन् ।

सिंहलाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईँमाथि लगाएको आरोपको विषयउपर आजको दिनसम्ममा उचित जवाफ वा खण्डन आउन नसक्नुले तपाईँमाथि शंका गर्न मिल्ने ठाउँ बनेको छ ।’

पञ्चामाथि कुनै पनि कमिटीमा छलफल नगरी शैक्षिक मुद्दाहरूको तय, मुद्दाहरु उठानको प्रक्रिया र सम्बधित निकायमा प्रारम्भिकरूपमा बुझ्दा केन्द्रको निर्देशनमा चलखेल भएकै बुझिन्छ भनेर जारी भएको पत्र÷विज्ञप्ति÷ध्यानाकर्षण उपर तपाईँको धारणा के हो ? भनी प्रश्नसमेत गरिएको छ ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १७:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताएका छन् । आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।

ताजा समाचार

राष्ट्रियसभाको बैठकमा ४ प्रतिवेदन पेस
 २०७९,चैत्र,१६,बिहीवार १४:४५