१६ चैत्र २०७९, बिहीवार

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्छौं : माओवादी

२०७९,माघ,१३,शुक्रवार १६:४७

36
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने निष्कर्ष निकालेको हो ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ । राष्ट्रिय सहमति भनेपछि कांग्रेस र एमाले कुनैको नाममा हुँदैन सबैको हुन्छ।’

आफूहरुले राष्ट्रिय सहमति गर्नुपर्छ भनिरहेको भए पनि के हुन्छ यसै भन्न नसकिने पनि बताए । यसका लागि माओवादीले एमालेसहित सबै पार्टीहरूसँग छलफल गर्ने पनि जनाएको छ । अब अर्को बैठक माघ १६ गते बस्ने पनि जनाइएको छ ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १६:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२