१६ चैत्र २०७९, बिहीवार

पार्टी एकताबारे माओवादी बैठकमा महराकाे ब्रिफिङ

२०७९,माघ,१३,शुक्रवार १६:४३

63
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पार्टी एकताका लागि गठित कार्यदलका संयोजक कृष्णबहादुर महराले पछिल्लो प्रगतिबारे जानकारी गराएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टी स्थायी कमिटी बैठकमा संयोजक महराले पार्टी एकताका लागि दलहरुसँग भएका पछिल्ला प्रयासहरुबारे जानकारी गराएका हुन् ।

माओवादीले एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायत कम्युनिष्ट पार्टीहरुसँग एकताको प्रयास गरिरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने सहमति भइसकेको छ । नेकपा एस, विप्लवलगायतका दलहरुसँग पनि संवाद जारी राखेको छ ।

बिहीबारदेखि जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव राखेका थिए । बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन, समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र पार्टी एकताका विषयमा बैठकमा छलफल गरिएको छ ।

पार्टी एकताको लागि यसअघि नै महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतको पाँच सदस्यीय कार्यदल बनाएको थियो । बैठकमा पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने, संगठन सुदृढीकरण र विस्तारलगायतको विषयमा छलफल जारी छ ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १६:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२