१६ चैत्र २०७९, बिहीवार

दुई महिनाभित्र निजामती सेवा ऐन संसद्‌मा टेबल गर्ने मन्त्री मोदीको प्रतिवद्धता

२०७९,माघ,१३,शुक्रवार १६:३१

45
Shares

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा ऐन चालु अधिवेशनमा दुई महिनाभित्र संसद्‌मा टेबल गर्ने प्रतिवद्धता जनाएका छन् ।

मोरङमा शुक्रबार पत्रकारहरुसँग मन्त्री मोदीले चाँडै सबैको सहमतिमा कर्मचारीलाई न्याय हुने गरी निजामती सेवा ऐन संसद्‌मा टेबल गरिने बताए ।

नयाँ सरकारले २० प्रतिशत कर्मचारी भर्ना गरेर काम गर्न पाउने व्यवस्थाबारे पनि छलफल भइरहेको जानकारी दिँदै उनले आजको प्रविधि युगको यति धेरै कर्मचारी आवश्यक हुने नहुनेबारे पनि अध्ययन गरिरहेको बताए ।

काठमाडौंमा नै बरन्डामा बसेर दिन कटाउने कर्मचारीको सूची पनि आफूले बनाइरहेको भन्दै उनले मन्त्रालयमा वर्षौंदेखि एउटै शाखामा एकै कर्मचारी बसिरहने प्रवृत्ति बदल्ने बताए ।

मन्त्रालयमा कार्यरत कर्मचारीलाई दुई वर्षमा शाखा परिवर्तन, ३ वर्षमा सरुवा, ४ वर्षमा पालिकामा काम गर्न जानुपर्ने बनाइने उनले बताए ।

पावर र पैरवीका आधारमा कुनै पनि कर्मचारीको सरुवा नगरिने भन्दै उनले कानुनअनुसार कर्मचारीले तोकिएको ठाउँमा तोकिएको अवधिसम्म सेवा गर्नै पर्ने बताए ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १६:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२