१६ चैत्र २०७९, बिहीवार

माओवादी बैठकमा अन्तर्घातीलाई कारबाही गर्ने प्रस्ताव

२०७९,माघ,१३,शुक्रवार १६:२४

162
Shares

काठमाडौं । बिहीबारबाट नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको प्रतिवेदनलगायत समसामयिक विषयमाथि छलफल भइरहेको छ ।

निर्वाचन समीक्षा र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न बोलाइएको माओवादी बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ‘ब्रिफिङ’ गरेका थिए । दोस्रो दिनको बैठकमा गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीभित्र असहयोग र अन्तर्घात गर्नेहरुमाथि छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने प्रस्ताव नेताहरुले गरेका छन् ।

चुनावी समीक्षाको क्रममा केही नेताहरुले निर्वाचनका बेला अन्तर्घात गर्नेहरुलाई कारबाही गर्नुपर्ने प्रश्ताव पेश गरिएको छ ।

बैठकमा उपाध्यक्ष तथा पार्टी एकताका लागि गठित कार्यदलका संयोजक कृष्णबहादुर महराले पछिल्लो प्रगतिबारे जानकारी गराएका छन् । माओवादीले नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि संवाद गरिरहेको छ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने सहमति गरिसकेको माओवादीले नेकपा एस, विप्लव लगायतका दलहरुसँग संवाद भइरहेको बताइएको छ ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १६:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२