१५ चैत्र २०७९, बुधबार

धनगढीमा खुल्यो हुन्डाइ कन्स्ट्रक्सनको नयाँ शाखा

२०७९,माघ,१३,शुक्रवार १६:०४

18
Shares

काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले कैलालीको धनगढीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो सेवा एवं सुविधाहरू ग्राहकहरू माझ विस्तार गर्न नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

धनगढी वडा नं १३, मोहनपुर, गेटामा खुलेको शाखामा कम्पनीको ‘थ्रि एस’ सेवा अन्तर्गतः सेल्स, सर्भिस र स्पेयर पाटपूर्जा सम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ ।

शाखा विस्तारसँगै नेपालको सर्वाधिक बिक्री हुने हुन्डाइको एक्स्काभेटरहरू, चट्टान तथा अरू हेभि पद्धार्थ फुटाउनका लगि ‘जिसुङ र रामर’ ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू, साथै विश्वको नम्बर एक ‘एम.बी.बकेट क्रसर’ पनि त्यहाँबाट सहजरूपमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यससँगै निर्माण व्यवसायी तथा इक्विप्मन्ट अपरेटरहरूले भरपर्दो हेभि इक्विप्मन्ट किन्न टाढा गइरहनुपर्ने छैन । साथै हेभि इक्विप्मन्टको मर्मत तथा पार्टपूर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिने छ । नेपालको हेभि निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट कम्पनीले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एक्स्काभेटर’ को बिक्री वितरण गर्दछ ।

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टका उपकरण लामो समयदेखि निर्माण, युटिलिटि, उत्खनन् एवं खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मन्टको रूपमा रहँदै आएको छ ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १६:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार नेपाली बजारमा

काठमाडौं । एमजी भेइकलको लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरीयन्टको एसयुभि एमजी जेड

काठमाडौं । ग्लोबल मनी विक–२०२३ अभियान अन्तर्गत सानिमा बैंकले चैत्र ६ देखि चैत्र १२ गतेसम्म देशभरका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई रु एक लाखसम्मको कारोबारमा सरलीकृत

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३