१४ चैत्र २०७९, मंगलवार

समस्याको गीत गाउन होइन, लगानीमैत्री वातावरण बनाउन आएको हुँ : मन्त्री भण्डारी

२०७९,माघ,१३,शुक्रवार १४:४९

18
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभइ अर्थतन्त्र सुधारका लागि उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताएका छन् । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भएपनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री भण्डारीले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजि गर्ने र नीतिगत कुरामा सुधार गर्ने रहेको बताए । उनले सरकार लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउने कुरामा गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर अघि बढीरहेको बताए ।

उनले उद्योगी, व्यापारीहरुले उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध गरिरहेको भन्दै उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले सरकारले रुग्ण उद्योगको सञ्चालन गर्न र विगतमा चल्न नसकेर बन्द भएका उद्योगहरु सञ्चालन गर्नका लागि आगामी दिनमा अघि बढाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याको कारण धेरै होलान् । विगतमा भूकम्प तथा कोरोना महामारी लगायत अन्य कारणले नेपालको अर्थतन्त्र अहिले जुन अवस्थामा पुग्यो । व्यापार घाटा जसरी चुलियो । नेपालको जनशक्ति जसरी बाहिरियो । यसमा समस्याको गीत गाएर होइन । समस्या समाधानको सम्भावनालाई पनि खोज्छौं । सरकारको प्राथमिकतामा नीतिगत कुरामा हो ।

नीतिमा कहाँ हो समस्या ? लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण वा बैंकसँगको कारोबार सुलव बनाउने कुरामा सरकार गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर उद्योगी, व्यापारीहरु उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध भएको छ, मैले उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नेछु । निजी क्षेत्रले राखेका केही मागहरु मसँग, मन्त्रालयसँग आएको छ ।’

मन्त्री भण्डारीले सरकारले उद्योग चलाउने नभइ उद्योगीहरुलाई प्रोत्साहित गर्ने र नीति कानून फुकाइदिने काम गर्ने बताए । उनले उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई निर्यात गर्ने वस्तुहरुको भण्डारणका लागि ठाउँ हेरिरहेको बताए । एक्स्पो ३ दिनसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १४:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६