यस्तो छ प्राधिकरणको पछिल्लो ९ महिनाको पुनर्निर्माण प्रगति विवरण

कार्तिक ५पछिल्लो नौ महिनामा निजी आवास पुनर्निर्माणतर्फ बन्दै गरेका र बनिसकेका घरको संख्या १ लाख ८० हजार बढीले बृद्धि भएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनरावलोकन प्रतिवेदन अनुसार पछिल्लोे ९ महिनामा थप १ लाख ३० हजार २ सय ७३ लाभग्राहीको घर निर्माणाधीन अवस्थामा छ भने थप ५० हजार २ सय १७ घर बनिसकेका छन् ।गत पौष मसान्तसम्म जम्मा निर्माणाधीन घरको संख्या १७ हजार ९९ थियो भने निर्माण सम्पन्न घरको संख्या ११हजार ८ सय ७१ थियो ।प्राधिकरणको निर्देशक समितिको वैठक अनुसार निजी आवास अनुदानका लागि समयसीमा निर्धारण गरिएकाले पनि घर बनाउनेको संख्या पछिल्लो समय उल्लेख्य बृद्धि भएको हो । प्राधिकरणले अनुदान सम्झौता गरिसकेका सवै लाभग्राहीले निजी आवास पुनर्निर्माणका लागि आगामी असार मसान्तसम्म सवै किस्ता लिइसक्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ ।साथै विभिन्न निकायबाट प्राप्त भएका करिब २ लाख ५ हजार बढी गुनासोलाई पछ्यौट गरि ४० हजार ९ सय ६७ घर धुरीलाई लाभग्राहीमा समावेश गरिएको, पुनर्निर्माण तथा अनुदान बितरणसम्बन्धी बिगतका अव्यवहारिक प्रावधान र मापदण्डलाई व्यवहारिक बनाउन कार्यविधि संशोधन गरिएकाले पनि निजी आवास पुनर्निर्माणले तुलनात्मक रुपमा गति लिएको प्राधिकरणको बिश्लेषण छ ।यस्तै मापदण्ड अनुसार नबनेका घरहरुलाई मापदण्ड पु¥याई अनुदान लिनका लागि अपवाद तथा सुधार पुस्तिका तयार गरि प्राविधिकहरुलाई तालिम दिई समस्या समाधान गर्न जिल्ला पठाइएकोले पनि थप अनुदानबाट बञ्चित भएका धेरै लाभग्राहीले दोस्रो र तेस्रो किस्ताको रकम पाएका छन् ।हालै मात्र प्राधिकरणको प्रस्ताव बमोजिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा बन्दै गरेको घर समेत धितो राखेर ३ लाख रुपैया निव्र्याजी ऋण दिने व्यवस्थाले पनि पुनर्निर्माणलाई थप गति दिने प्राधिकरणको अपेक्षा छ ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले भने : “समग्र पुनर्निर्माणको अवस्थालाई हेर्दा केही ढिलाई भएजस्तो देखिएपनि पछिल्लो ९ महिनाको बढ्दो अनुपातलाई हेर्दा निराश हुने अवस्था छैन, निजी आवास पुनर्निर्माणले गति लिएको तथ्याङ्कले नै पुष्टी गर्छ । ”पोरखेलले भने : “इन्डोनेशियामा पुनर्निर्माण शुरु भएदेखी स्थायी संरचनामा निर्माण सम्पन्न हुन ८ बर्ष र पाकिस्तानमा ५ बर्ष लागेको थियो, भारतको गुजारतसँग तुलना गर्दा हाम्रोमा पनि केही ढिलाई भएकै हो, तर स्रोत साधनको उपलव्धता र सरोकारवाला निकायबीच समन्वय भए तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न हुन्छ । ”प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा असोज मसान्तसम्म ८५ हजार बढी घरधुरीले दोस्रो किस्ता बुझिसकेका छन् । १ लाख ६ हजार बढी लाभग्राहीले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएको र करिब ९७ हजार लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको छ ।चाडपर्वका कारण इन्जिनियरहरु फिल्डमा नभएको र कतिपय ठाँउमा प्राविधिक जनशक्ति अपुग भएकाले एमअाइएस प्रणालीमा तथ्याङ्कहरु समावेश हुन नसकेको प्राधिकरणका इन्जिनियर प्रवीण आचार्यले बताए । बनिसकेका र बन्दै गरेका घरको तथ्याङ्क एमअाइएस प्रणालीमा अद्यावधिक शुरु भए यो संख्या थप बढ्नेछ आचार्यले भन्नुभयो, पौष मसान्तसम्म ३ लाख ५० हजारसम्म पुग्ने हाम्रो अनुमान छ ।पुनर्निर्माणको समग्र क्षेत्र मध्ये शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगती९ महिना अघि २ सय शैक्षिक संस्था निर्माण सम्पन्न भएकोमा हाल यो संख्या २४ सय ५६ पुगेको छ । शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख इमनारायण श्रेष्ठले भूकम्पबाट क्षतिग्रस्त ८ हजार ९ सय २३ शैक्षिक संस्था मध्ये अहिलेसम्म ४ हजार ३ सय ८१ शैक्षिक संस्था निर्माणाधीन र निर्माण सम्पन्नको अवस्थामा पुगेको बताए ।यसैगरी स्वास्थ्य संस्था, सरकारी भवन र खानेपानी पुर्वाधार लगायतको क्षेत्रले पनि पछिल्लो ९ महिनामा गति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?