माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबारदेखि शुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

आज बस्ने बैठकमा आगामी राष्ट्रपति निर्वाचनका विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताहरुसँग सुझाव लिनेछन् ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने बुझिएको छ ।

बिहीबारको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको समसामयिक राजनीतिक परिस्थितिको प्रतिवेदनमाथि छलफल भएको थियो । प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?