मृत्यु भइसकेका व्यक्तिमाथि राजनीति नगर्न स्वास्थ्य राज्यमन्त्री कार्कीको आग्रह

लोकपथ
26
Shares
sf7df8f}, k’; !$ M /fli6«o :jtGq kf6LsL ;f+;b 8f=tf]ifLdf sfsL{ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले मृत्यु भइसकेका व्यक्तिमाथि राजनीति नगर्न आग्रह आग्रह गरेकी छिन् । उनले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउन आफू आईसीयूमै भेट्न गएको स्पष्टीकरण दिएकी छिन् ।

शुक्रबार बिहान फेसबुकमा एक सन्देश सार्वजनिक गर्दै उनले अस्पताल पुगेर मृत्युअघि आचार्यलाई भेटेर गल्ती नगरेको तर्क गरेकी छन् । डा.कार्कीले लेखेकी छन, ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै समयै गएर भेटेकोमा सन्तोष व्यक्त गरेकी छिन् ।

‘राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरीकलाई ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै उनका आँखाहरू सधैँका लागि बन्द हुनु अगावै, उनका बोलि सधैँको लागि रोकिनु अगावै, म उहाँलाई भेट्न पुगेको थिँए । भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ । धन्न मैले ढिला गरिनछु ।’

उनले आफूले भेटेकै कारण प्रेच आचार्यको आत्माले नयाँ सरकारलाई सधैं सम्झिरहने राज्यमन्त्री कार्कीको दाबी गरेकी छन् । ‘तर यति कुरा पक्का छ, प्रेम आचार्यको आत्माले यो नयाँ बनेको सरकारलाई सधैँ सम्झिरहनेछ,’ उनले लेखेकी छन्, ‘किनकि ऊ अस्ताउनुअघि नयाँ बनेको सरकारको प्रतिनिधि आफैंले भेटेर ‘हामी छौं नि’ भन्दै गर्दा ती व्यक्तिले ‘म बाँच्न चाहन्छु’ भने । मृत्युसँग संघर्ष गरिरहेको बिरामीलाई आईसीयु प्रोटोकलविपरीत भेटेको भन्दै उनको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?