१५ चैत्र २०७९, बुधबार

अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन

२०७९,माघ,१३,शुक्रवार १०:५५

0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शुक्रबार रत्नराज्य क्याम्पसअगाडि अनेरास्ववियूका विद्यार्थी नेताहरु भेला भइ शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।

उनीहरुले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् । शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए । सो निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले विरोध जनाएका छन् ।

शिक्षामन्त्रीको पुत्ला दहनपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिइ कमिसन खान लागेको आरोप लगाए । उनले शिक्षामन्त्रीले जनक शिक्षा सामग्रीलाई बचाउनुको सट्टा मास्ने गतिविधि गरेको बताए ।

अध्यक्ष पराजुलीले सरकार बनेको छोटो समयमै गलत निर्णय भएको भन्दै त्यसलाई आफूहरुले स्वीकार्न नसक्ने बताए । उनले सरकारको लगानीमा निर्माण भएका संस्थाहरु निजीकरण गर्दै दलालहरुलाई दिने चक्रव्युह रचिएको भन्दै शिक्षामन्त्रीले आफ्नो पहिलो निर्णय नै जनतालाई भार बोकाउने निर्णय गरेको बताए ।

उनले जनक शिक्षाका प्रवन्ध निर्देशक अनिलकुमार झालाई अनुसन्धान गरेर कारबाही गर्नु र व्यवस्थालाई सुधार गर्नुको ठाउँमा निजी क्षेत्रलाई पुस्तक छपाउन दिइ कमिसन खाने खेल रचेको बताए । अध्यक्ष पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा रहेका मन्त्रीहरुले जनताबाट कमिसन खाएर वर्गीय रसायन भत्काउने काम गरेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरे ।

उनले जनक शिक्षा सामग्री केन्द्रलाई बलियो, सशक्त र गरिब जनताका छोराछोरीको हातमा पुस्तक समयमा नै पुग्नेगरी काम गर्न आग्रह गरे । उनले नागरिकता विवाद भएको मानिस, संघीयता विरोधी व्यक्तिहरु पनि मन्त्री भइरहेको भन्दै प्रधानमन्त्री दाहाल र उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनको रसायन कहाँ मिल्छ ? भन्दै प्रश्न गरे ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १०:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३
देउडा अभिनयमा जम्दै ‘झरना’
 २०७९,चैत्र,१५,बुधबार १०:४७