१६ चैत्र २०७९, बिहीवार

नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव

२०७९,माघ,१२,बिहीवार २२:२४

27
Shares

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आज यहाँ आयोजित विशेष समारोहमा उनले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतको विकासमा भारतीय सरकारको महत्वपूर्ण सहयोग रहेको बताए ।

नेपाल र भारतबीच बेटीरोटीको सम्बन्धसँगै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा एकअर्काका पूरकसमेत रहेको चर्चा गर्दै मुख्यमन्त्री यादवले भने, ‘ठूलो संख्यामा नेपाली नागरिकले भारतमा रोजगारी प्राप्त गरेका छन्, थुप्रै भारतीय नागरिकले नेपालमा रोजगारी प्राप्त गरेका छन् ।’

यसबाहेक शिक्षा, स्वास्थ्यको क्षेत्रमा समेत दुवै देश एकअर्काको पूरक भएको उनको भनाइ थियो । नेपाल–भारतको भाषा, संस्कृति, वेशभूषासमेत एकजस्तो भएको तथा एकअर्काको सुख, दुःखमा सहभागी हुँदै आएको उल्लेख गर्दै उनले भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालीहरूको समेत निकै ठूलो योगदान रहेको बताए ।

भारत सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भएको सुक्खा बन्दरगाह नेपाली उद्योगी व्यवसायीलाई निकै सहयोगी बनेको बताउँदै उनले भारतीय लगानीकर्तालाई नेपालमा निवेश गर्नका लागि नेपाल सरकार हरसम्भव सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

कार्यक्रममा महावाणिज्य दूतावास वीरगञ्जको तर्फबाट महावाणिज्यदूत नितेशकुमारले सम्पूर्ण भारतीय समुदाय तथा नेपालमा बसोबास गरिरहेका भारतका मित्रहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे । सो अवसरमा वीरगञ्जका विभिन्न स्कुलका छात्रछात्राले नृत्य, गीत तथा झाँकी प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार २२:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

काठमाडौं । सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सांसद शरदसिंह भण्डारीलाई सरकारमा पठाउने भएको छ । लोसपाले २ मन्त्रालय पाउनुपर्ने अडान

ताजा समाचार

मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२
लोसपाबाट शरदसिंह भण्डारी मन्त्री बन्ने
 २०७९,चैत्र,१६,बिहीवार १२:१७