१६ चैत्र २०७९, बिहीवार

महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु, २८ घाइते

२०७९,माघ,१२,बिहीवार २१:२३

9
Shares

महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–२ बस्ने ६० वर्षीय गोगाई ठाकुर लोहार र नाम, थर, वतन नखुलेको अन्दाजी ५० वर्षीया एक महिलाको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

लोहारलाई औरही नपा–२ स्थित सडकमा पैदल हिँड्दै गरेको अवस्थामा सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ बस्ने रोशनलाल महतोको ना३७प ७२३१ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।

त्यसैगरी आजै सिन्धुली जिल्लाको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किँदै गरेको प्रदेश२–०२–००१त २२६४ नंको ट्र्याक्टर बर्दिबास नगरपालिका–३ स्थित पाटुमोडमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा नाम, थर, वतन नखुलेको ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

सो दुर्घटनामा परेर अन्य २८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको उपचार बर्दिबासस्थित जनसेवा अस्पताल, नौको साइमल्टी स्पेस्लिटी अस्पताल र सात जनाको उपचार शुभस्वस्तिक अस्पताल बर्दिबासमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका यात्रुहरू महोत्तरी, धनुषा र केही भारतीय रहेको बताइएको छ ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार २१:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति नेपाली भाषामा बजारमा ल्याएको छ ।

हलेसी । रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा

दाङ । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख

काठमाडौं । पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२