राष्ट्रपतिको सवालमा एमाले–कांग्रेसहितको राष्ट्रिय सहमति खोज्ने माओवादीको बटमलाइन !

लोकपथ
117
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले, कांग्रेससहित राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको निर्वाचन हुने संकेत देखाएको छ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले संविधानले व्यवस्था गरे अनुरुप सर्वसहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन हुनुपर्नेमा जोड दिए ।

आज बसेको स्थायी कमिटी बैठकपछि बोल्दै पूर्वमन्त्री समेत रहेका नेता पौडेलले भने, ‘
एमाले बाहेक राष्ट्रिय सहमति हामिले भनेका छैनौँ । एमालेसहित सहमति गरेर जाने भनेका हौँ । एमाले, नेपाली कांग्रेस माओवादी र अरु पार्टीहरु मिलेर जाने भनिएको हो । एमाले र कांग्रेसलाई बाइपास गरेर राष्ट्रिय सहमति हुँदैन ।’

उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल नेपाली कांग्रेसलाई पनि साथमै लिएर जानुपर्नेमा जोड दिए । सबैसँग समन्वय गरेर अघि बढेमा मात्र ५ वर्ष सरकार टिकाउन सक्ने उनको तर्क छ ।

‘जसरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रशंगमा सबैले समन्वय गर्नुभयो । त्यसै अनुुसार सहमति जुटाएर राष्ट्रपति हाम्रो संविधानमा व्यवस्था भए अनुसार त्यस किसिमको व्यक्तित्वलाई अघि सार्न सक्यौँ भने त्यसले सम्भावित भोलि हुने दुर्घटनालाई नियन्त्रण र संविधानको संरक्षण गर्न सक्छ ।’

भारतका पूर्व राष्ट्रपति अब्दुल कलामको उदाहरण दिँदै नेता पौडेलले नेपालमा पनि त्यस्तै किसिमको व्यक्तित्व खोज्न सकिएमा मात्र पदको गरिमा रहने बताए । राष्ट्रपति पद दलीय भागबण्डाको आधारमा गर्न नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?