१६ चैत्र २०७९, बिहीवार

मुलुकको आर्थिक परिसूचक राम्रो छैन, जाेखिम माेलेर प्रधानमन्त्री भएकाे छु– प्रचण्ड

२०७९,माघ,१२,बिहीवार १७:३३

117
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको समृद्धिका लागि सम्पूर्ण रुपमा समर्पित हुने प्रतिवद्धता जनाएका छन् ।

मारवाडी सेवा समितिको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले आर्थिक परिसूचकहरु राम्रो नरहेको भन्दै आफू चुनौती ब्यहोरेरै प्रधानमन्त्री बनेकाले सघाउन उद्योगी व्यवसायीलाई अपील गरे ।

उनले भने, ‘निजी र सरकारी क्षेत्रको सहकार्यबाट मात्र अर्थतन्त्रमा देखा परेका समस्याहरु समाधान गर्न सकिन्छ । देशमा देखिएका यस्ता समस्या समाधानका लागि यस समुदायबाट मद्दत पाउने अपेक्षा गरेको छु ।’

मारवाडीहरु नाफा मात्र होइन, सेवाका क्षेत्रमा पनि लगानी गर्ने समुदाय भएको भन्दै उनले नाफामा मात्र ध्यान केन्द्रित नगर्न आह्वान गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘उद्योगधन्दा, कलकारखाना, व्यवसायका साथै समाज सेवाको क्षेत्रमा पनि मारवाडी समुदायले योगदान गर्दै आएको र नेपालमा मात्र नभई संसारभर नै प्रशंसित रहेका छन् ।’

नेपालको आर्थिक गतिविधि बढाउन भारतबाट आमन्त्रित गरेर ल्याइएको यस समुदायको बहुआयामिक छबी र चरित्र बनेको पनि उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले मारवाडी सेवा समितिले बनाउन लागेको तीन सय शैयाको निःशुल्क उपचार दिने अस्पतालका लागि सरकारका तर्फबाट जग्गा उपलब्ध गारउने बचन पनि दिए ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार १७:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२