अभिषेक गिरीलाई मकवानपुर कारागारमा सरुवा गर्ने उच्च अदालतको आदेश

लोकपथ
140
Shares

काठमाडौं । अभिषेक गिरीलाई मोरङ कारागारबाट मकवानपुरमा सरुवा गर्ने विषयमा कारागार व्यवस्थापन विभागले गरेको निर्णय कार्यान्वयन हुने भएको छ ।

गिरीले विभागको उक्त निर्णयवरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएका थिए । उच्च अदालतले भने सरुवा कार्यान्वयन गराउन आदेश गरेको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राम बहादुर थापा र मिलन कुमार राईको संयुक्त इजालशले यस्तो आदेश दिएको हो ।

केटी प्रयोग गरी फिरौती असुलेको अभियोगमा गुन्डा नाइके अभिषेक गिरी २०७१ श्रावण २१ गते प्रकाउ परेका थिए । आफ्नै गर्लफ्रेण्ड प्रयोग गरी अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाउर १० लाख रुपैयाँ फिरौती असुल्ने प्रक्रियामा रहेका बेला महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?