१६ चैत्र २०७९, बिहीवार

नेप्से परिसूचक झिनो अंकले घट्यो

२०७९,माघ,१२,बिहीवार १६:३४

9
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमा नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अंकले घटेर दुई हजार एक सय ८३ दशमलब २१ मा सीमित भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १० अंकले ओरालो लागेर चार सय १३ दशमलव १४ मा झरेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

कारोबार भएकामध्ये कूल एक सय एक कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय सात कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, पाँच कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । आजको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर रू दुई अर्ब ८६ करोड ८२ हजार आठ सय ३८ मा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा समृद्धि फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७० लाख ९५ हजार सात सय छ बराबरको कारोबार भएको छ ।

यस्तै, रिडी पावर कम्पनी रु आठ करोड ६१ लाख ६४ हजार सात सय ६९, आँखु खोला जलविद्युत् कम्पनी रु सात करोड ३८ लाख ६८ हजार आठ सय ९४,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु छ करोड ६७ लाख ६७ हजार नौ सय ३४ र अपि पावर कम्पनी रु छ करोड ४१ लाख आठ हजार आठ सय १४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, आर्दश लघुवित्त, बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सूर्योज्योति लाइफ इन्स्योरेन्स नौ दशमलव ९८ र साञ्जेन जलविद्युत् कम्पनीको लगानीकर्ताले आठ दशमलब २३ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, समृद्धि फाइनान्स सात दशमलब ६८, सप्तकोसी डेभलपमेन्ट बैंक चार दशमलब ५०, ग्रीन भेञ्चर्स चार दशमलब ५०, सर्पोट माइक्रोफाइनान्स तीन दशमलब ७३ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले तीन दशमलब ६४ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार १६:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले

काठमाडौं । कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ ।

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम ” सम्पन्न गरेको छ

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६