काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि ११ बजे बस्ने भएको छ ।
आजदेखि शुरु भएको स्थायी समिति बैठक भोलिसम्म चल्ने सचिव देवेन्द्र पौडेलले बताए ।
भोलिको बैठकमा तय भएका एजेण्डा अनुसार नेताहरुले आ–आफ्नो धारणा राख्ने पौडेलले बताए ।
स्थायी कमिटी बैठकका लागि समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघ संगठनको पुनः गठन
सम्बन्धी पनि छलफल हुने बताइएको छ । साथै बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिका बारेमा चर्चा गर्ने लगायतको एजेण्डाहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया