१६ चैत्र २०७९, बिहीवार

विश्वकपको टिकट हिनामिनाबारे स्पष्ट पार्न एन्फा अध्यक्ष पंकजलाई पत्र

२०७९,माघ,१२,बिहीवार १५:४१

153
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रुपेश अधिकारीले अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई पत्र लेखेका छन् । कतारमा सम्पन्न विश्वकपको टिकट हिनामिनाबारे आएको समाचारबारे सत्यतथ्य जानकारी दिन माग गर्दै एन्फाका केन्द्रिय सदस्य रुपेश अधिकारीले पत्र लेखेका हुन् ।

हाल आफू देश बाहिर रहेकाले समाचारबारे जानकारी पाउँ भन्दै इमेलमार्फत अध्यक्ष नेम्बाङलाई पत्र लेखेका हुन् । अधिकारीले मागको सुनुवाई नभएमा आफुले फिफा र एएफसीमा यस विषयको उठान गर्ने जनाएका छन् ।

‘विश्व कप फुटबल २०२२ का विषयमा विभिन्न सञ्चार माध्यममा आईरहेका समाचारको बारे मेरो पनि ध्यान केन्द्रित भएकोले उक्त बिषयमा म पनि जिम्मेवार पदमा बहाल रहेको नाताले निम्न लिखित विषयहरू अबिलम्ब (आजै कार्यालय समय भित्र) उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु,’ उनले पत्रमा लेखेका छन्, ‘यस विषयलाई गहन रूपमा लिईदिन हुन अनुरोध गर्दै अन्यथा यो विषयलाई फिफा र एएफसीमा समेत उठान गर्न बाध्य हुनेछु।’

यद्यपी, एन्फाले टिकट वितरणमा अनियमितता नभएको स्पष्ट पारेको थियो ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार १५:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२