अर्थमन्त्री पौडेल भन्छन्- ‘भन्सार बिन्दूमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्छ’

लोकपथ
91
Shares
????? ??????????????? ??????????? ??????? ??????????? ??????? ?????? ?????????? ????????????????? ??? ??????????? ?????? ?????? ??????? ?????? ?????÷????

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दूमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् ।

७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले पछिल्ला समयमा भन्सार बिन्दूबाट हुने चुहावट बढ्दै गएको र यसको असर राजस्व परिचालनमा समेत परेकाले चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका हुन् ।

भन्सार बिन्दूबाट कुनै वस्तुको आयात घट्ने तर बजारमा सोही वस्तुको मौज्दात नै बढी हुने देखिएकाले यसले भन्सारका लिगल च्यानललाई चुनौती दिने काम भएको उनले बताए ।

अर्थमन्त्री पौडेलले वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने बताए । उनले गत आर्थिक वर्षको यही अवधिको तुलना गर्दा चालू आर्थिक वर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी भएको भन्दै यस्तो आँकडा सुनेरमात्रै बस्न सक्ने अवस्थामा सरकार नरहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?