१६ चैत्र २०७९, बिहीवार

सुरक्षा कारबाहीमा एक सातामा अल सबाबका तीन सयभन्दा बढी लडाका मारिए

२०७९,माघ,१२,बिहीवार १४:१०

54
Shares

सोमालिया । सोमालियामा सेनाले विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाका मारिएका छन् ।

यहाँका सैन्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार यहाँ गएको एक हप्तायता जारी राखेको कारबाहीका क्रममा ती सेना मारिएका हुन् । मारिनेमा दुई जना अल सबाब सशस्त्र समूहका दुई जना कमाण्डर पनि रहेका छन् ।

देशव्यापी रुपमा गरिएको कारबाहीमा उनीहरु मारिएका यहाँका एक सैन्य अधिकारीले जानकारी दिएका छन् । बुधबार यहाँको सरकारले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सोमाली सरकारका सूचना मन्त्री दाउद अवेस जामाले पनि सो कुराको पुष्टि गरेका छन् ।

उनले सो कारबाहीका क्रममा अल सबाब सशस्त्र समूहका तीन सय २३ जना लडाकाहरुको ज्यान गएको र अरु कैयौँ घाइते भएका जानकारी दिए । उनले यहाँको सेनाले अल सबाबका लडाकाहरुका विरुद्धमा विशेष प्रतिरक्षात्मक कारबाही शुरु गरेको र यो कारबाही अझै केही दिन रहने पनि बताएका थिए ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार १४:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इन्दोर । रामनवमी पर्व मनाउन भारतको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आगँनमा रहेको पुरानो इनारमा खसेका

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका

अमेरिका । अमेरिकी सेनाका दुई वटा हेलिकाेप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकाेप्टर

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका

ताजा समाचार

राष्ट्रियसभाको बैठकमा ४ प्रतिवेदन पेस
 २०७९,चैत्र,१६,बिहीवार १४:४५