यी चर्चित भारतीय टिभी अभिनेत्री जसको डिभोर्स भइसक्यो

मुम्बई – भारतीय टिभीका केही चर्चित अभिनेत्री छन् जसलाई फ्यानहरुले कुमारी सोच्ने गर्दछन् तर वास्तविक जीवनमा उनीहरु विवाहित हुन् । यो सूचीमा पर्ने कुनै अभिनेत्रीहरुले दोस्रो विवाह गरिसके भने कोही अझै सिंगल नै छन् ।

बलिउड टिभीका डिभोर्सी अभिनेत्री यस प्रकार छन् :

मुस्कान मिहानी

मुस्कान सानोपर्दाकी रानी अभिनेत्री हुन् । उनको सुन्दरता धेरैलाई लोभ्याउने खालको छ । उनी पनि डिभोर्स गर्ल हुन् । उनले बिजनेसम्यान तुषाल सोभनीसँग विवाह गरेकी थिइन् ।

स्नेहा वाग 

स्नेहा वागले बलिउडका थुप्रै सिरियलमा काम गरेकी छन् । उनले चर्चित सिरियल ‘वीरा’मा पनि काम गरेकी थिइन् । उनको पनि अभिनेता अविष्कार दारवेकरसँग विवाह भएको थियो । तर अहिले डिभोर्स भइसकेको छ ।

काम्या पंजाबी

काम्या ‘सिन्दुरा’ नामले बढी परिचित छिन् । उनले सिरियलमा निर्वाह गरेको यो भूमिका निकै लोकप्रिय छ । उनको पनि डिभोर्स भइसक्यो ।

वैष्णवी धनराज 

भारतीय टिभीकी निकै सुन्दर अभिनेत्री वैष्णवीले २०१२ मा अभिनेता नितिन सहरावसँग विवाह गरेकी थिइन् । तर यी दुवैको विवाह धेरै समय टिक्न सकेन । उनले डिभोर्स लिइसकेकी छन् ।

दीपिका कक्कड 

दर्शकको रोजाइकी टिभी अभिनेत्री हुन् दीपिका । उनले २००९ मा पहिलो श्रीमान् रौनकसँग डिभोर्स गरेकी थिइन् । अभिनेता शोहेब इब्राहिमसँग उनले यसै वर्ष दोस्रो विवाह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?