१४ चैत्र २०७९, मंगलवार

आमरण अनशनमा बस्ने योजनामा रहेका प्रेमले किन गरे अकस्मात् आत्मदाह !

२०७९,माघ,१२,बिहीवार १३:०५

162
Shares

काठमाडौं । बानेश्वरस्थित संसद भवन अगाडी आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले त्यसअघि आमरण अनशन बस्ने योजना बनाएको खुलेको छ ।

दिवंगत आचार्य आमरण अनशन बस्ने योजनामा रहेको विषयको खुलासा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गरेका हुन् । आत्मदाह गर्नुअघि आफूसँग भएको कुराकानीमा प्रेमले ‘म आमरण अनशन बस्ने योजनामा छु,’ भनेको मिश्रले जानकारी दिएका हुन् ।

मिश्रले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रेमसँग भएको कुराकानीलाई उधृत गर्दै ‘म आमरण अनसश बस्ने योजनामा छु !’ भन्दै लेखेका छन्, ‘प्रेमजी, तपाईंले अस्ती विहान मलाई पठाएको सन्देश हो यो । तर त्यसको केही घण्टाभित्रै दिउँससम्ममा तपाईंले आत्मदाह रोज्नुभएछ ।’

आफूसहित मुलुकको नेतृत्व गर्नेहरुको विफलता स्वीकार्दै मिश्रले लेखेका छन्, ‘तपाईंले आत्मदाह–पूर्वको पत्रमा उल्लेख गर्नुभए झैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो ।’

तपाईंको वैकुण्ठ वास होस् र यो समाजलाई यति कुरूप बनाउनेहरूलाई विवेक मिलोस् भन्दै उनले नेपाली समाज अहिलेजस्तो पतित कहिल्यै नभएको पनि उल्लेख गरेका छन् ।

मिश्रले अगाडी लेखेका छन्, ‘अत्यन्तै पीडा भएको छ, प्रेमजी ! इमानदारीपूर्वक भन्दा, नेपाली समाज इतिहासमैँ यति ‘पतित’ कहिल्यै भएको थिएन । विगतमा हाम्रो समाज अशिक्षा, रूढिवाद र गरीवीबाट ग्रस्त थियो तर यो तहको ‘पतित–ता’ बाट ग्रस्त थिएन । त्यस्तो ‘पतित–ता’ जहाँ समाज र देश परिवर्तन गर्न सक्ने शिक्षा, आधुनिकता र सम्पन्नता भएकाहरूमा, अपवादलाई छोडेर, नैतिकता र मानवता शून्य भएको छ ।’

प्रेमको परिवारलाई आफूले पनि केही आर्थिक सहयोग गरेको उल्लेख गर्दै मिश्रले थपेका छन्, ‘तपाईंले ऋण तिर्नका लागि श्रीमतिलाई सहयोग गरिदिन गर्नुभएको अपीलमा मैले पनि सानो सहयोग गर्ने निर्णय गरेको छु । देशभित्र र बाहिर रहनुभएका सबै मनकारी नेपालीहरूलाई सहयोगका लागि हार्दिक अनुरोध गर्दछु !’

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार १३:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नं १४१ मा व्यवस्था गरेको मिर्गौला पीडितलाई डाइलासिसका लागि मासिकरूपमा रु

कोशी । कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप रू

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६