१३ चैत्र २०७९, सोमवार

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

२०७९,माघ,१२,बिहीवार १२:०६

9
Shares

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई तले भवन निर्माण हुन लागेको हो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेल श्रीपञ्चमीको दिन पारेर आज उक्त भवनको शिलान्यास गरेका छन् । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच रू एक करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको आयोजना प्रमुख राजभाई शिल्पकारले जानकारी दिए ।

ठेक्का सम्झौता गत २५ पुसबाट कार्यान्वयनमा आएको छ । विद्यालय भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालको विद्यालय भवन साँघुरो भएकाले नयाँ भवन निर्माण गर्न लागिएको हो । नयाँ भवन निर्माणपछि अध्ययन अध्यापनमा सहयोग पुग्ने प्रधानाध्यापक रामदत्त पौडेलको भनाइ छ ।

जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । आयोजनाले नाला तथा तटबन्धन, आमा समूहको भवन निर्माण, सडक बत्ती जडान, नदी नियन्त्रण लगायतका काम गर्दै आएको हो ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार १२:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा १० वर्षको अवधिमा साक्षरतादर १० प्रतिशतले बढेको पाइएको छ । जनगणना–२०७८ को सार्वजनिक तथ्यांक अनुसार हाल ७६

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–७ रानीटारस्थित रानीटार माध्यमिक विद्यालयमा साताको हरेक सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरू आ–आफ्नो जातीय पोशाकमा

बेनी । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे ।

रेसुङ्गा । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६