१६ चैत्र २०७९, बिहीवार

जाडो सकिए लगत्तै रुसी आक्रमणको गति बढ्ने दाबी गर्दै अमेरिकाले भन्यो- ‘युक्रेनलाई सहयोग गर्छौँ’

२०७९,माघ,१२,बिहीवार ११:५८

81
Shares

काठमाडौं । रुसविरुद्ध युक्रेनलाई प्याट्रियट मिसाइल डिफेन्स सिस्टम दिएपछि अब अमेरिकाले पनि युक्रेनमा युद्ध ट्याङ्क पठाउने घोषणा गरेको छ ।

त्यस्तै, जर्मनीले युक्रेनी सेनालाई सहयोग गर्न ट्याङ्क पठाउने घोषणा गरेको छ । ह्वाइट हाउसले भनेको छ कि ‘हाम्रो र हाम्रा साझेदारहरूको एउटै लक्ष्य युक्रेनलाई रुसी आक्रमणको विरुद्ध युद्धभूमिमा हरेक हिसाबले सक्षम बनाउने हो ।’

ह्वाइट हाउसका सचिव जोन किर्बीले जर्मनीले युक्रेनलाई थप दुई बटालियनहरू व्यवस्थित गर्न मद्दत गर्ने बताए। यसका अतिरिक्त बेलायतले आफ्ना च्यालेन्जर ट्याङ्कहरू पठाउन सहमत भएको छ भने फ्रान्सले युक्रेनलाई सशस्त्र गाडीहरू पनि सहयोग गर्नेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनमा ३१ वटा अत्याधुनिक अब्राम युद्ध ट्याङ्क पठाउने घोषणा गरेका छन् ।

जाडो सकिन लगत्तै लडाइँ तीव्र हुने

ह्वाइट हाउसका प्रवक्ता किर्बीले रुस र युक्रेनबीचको लडाई जाडोका कारण सुस्त भएको बताए । यद्यपि, उनले स्वीकार गरे कि मौसम परिवर्तन भएपछि रूसी आक्रमणहरू फेरि तीव्र हुनेछन्, जसको लागि युक्रेन तयार हुनुपर्छ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार ११:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अमेरिका । अमेरिकी सेनाका दुई वटा हेलिकाेप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकाेप्टर

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका

काठमाडौं । रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन

काठमाडौं । अमृतपाल पञ्जाब प्रहरीबाट भाग्न सफल भएका छन् । भारतीय सञ्चार माध्यम पत्रिमा डट कमका अनुसार अमृतपाल सिंह एक

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२