नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद मुनाफा दुई अर्ब आठ करोड

लोकपथ
39
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब आठ करोड ६३ लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा तीन खर्ब ५५ अर्ब २३ करोड ६२ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब १७ अर्ब ८९ करोड ३० लाख ५५ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा चार अर्ब १८ करोड ६३ लाख ६४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा एक अर्ब ६० करोड ४२ लाख २४ हजार रुपैयाँले ऋणात्मक रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ११ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ८४ अर्ब ७९ करोड १० लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५७ अर्ब १५ करोड ७० लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा दुई अर्ब ४० करोड ६९ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव शुन्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर दुई दशमलव ६९ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?