माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

लोकपथ
14
Shares
file photo

काठमाडौं । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दैछ । बैठक २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

बैठकमा समसामयिक र राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघ संगठनको पुनः गठन सम्बन्धी पनि छलफल हुने बताइएको छ ।

साथै बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिका बारेमा चर्चा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?