छन्त्यालको परिवारलाई गाउँपालिकाको सहयोग

लोकपथ
195
Shares
kf]v/f, ! df3 M ljdfg leqsf ofq’sf] p2f/ ug]{ k|of; kf]v/fdf b’3{6gfu|:t olt Po/nfoG;sf] hxfh leqsf ofq’ lgsfNg] k|of; ub}{ ;’/IffsdL{ . tl:a/M /flwsf s+8]n÷/f;;

ढोरपाटन । बडिगाड गाउँपालिकाले विमान दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

यही माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बडिगाड गाउँपालिका–३ सिसाखानीको छन्त्यालको परिवारलाई गाउँपालिकाले राहत स्वरुप रू ५० हजार उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

गाउँपालिकाले लोक तथा दोहोरी गायिका छन्त्यालको परिवारलाई घरमै पुगेर सहयोग उपलब्ध गराएको थियो । यो राहत उनको परिवारको घाउमा मलहम लगाउने प्रयास भएको उनको भनाइ छ ।

‘हामीले एक जना राष्ट्रको गहना गुमाएका छौँ, यसबाट सिङ्गो राज्य स्तब्ध भएको अवस्था छ’, उनले भनिन्, ‘यस घडीमा उहाँको परिवारलाई सहयोगको आवश्यक छ ।’ उनले छन्त्यालको परिवारलाई आगामी दिनमा पनि सहयोग गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?