२३ माघ २०७९, सोमवार

प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्छु : मन्त्री खान

२०७९,माघ,११,बुधबार २०:३५

36
Shares

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहण गर्दै उनले भने, ‘पानी भनेको हाम्रो जीवन हो, पानी बिना हामी बाच्न सक्दैनौँ, एक घर, एक धाराको अवधारणाअनुसार प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको प्रबन्ध मिलाउने छु ।’

खानेपानीका विषयमा आउने गरेका समस्या तथा गुनासाका विषयमा मन्त्रालयमा कल सेन्टर अथवा सुझाव स्थापना गर्ने जानकारी दिँदै उनले भने, ‘नागरिकका गुनासा सुन्नका लागि हामीले कल सेन्टर स्थापना गर्ने छौँ, कल सेन्टरमा आएका गुनासा तत्काल समाधान गर्नका लागि एउटा छुट्टै समिति बनाइने छ र समस्या समाधान गर्ने छौँ ।’

यसैगरी मन्त्री खानले खानेपानी मन्त्रालयले सञ्चालन गरेका योजनामा अवरोध भएको भए कहाँ, कसरी र कुन निकायबाट अवरोध भयो त्यसका विषयमा आफूलाई जानकारी दिनसमेत कर्मचारीलाई निर्देशन दिए ।

सोही क्रममा उनले आफू नेपाली जनताको सेवाका लागि मन्त्री भएको र नेपाली जनतालाई सेवा दिन हर हमेसा प्रयासरत रहने बताए । कर्मचारीले पनि इमान्दारिताका साथ आफ्नो काममा लगनशील हुनुपर्ने मन्त्री खानको भनाइ थियो ।

प्रकाशित मिति: २०७९,माघ,११,बुधबार २०:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल निर्माण

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । उद्योग, वन तथा पर्यटन मन्त्रालय आफूले पाउने

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन् । प्रमुख

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्। राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८