रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण

लोकपथ
52
Shares
????????, ?? ??? ??????????? ????????-????/???? ?????????? ??? ?????? ???????? ????????? ??????? ??????? ?????? ?????? ???????? ?????????? ???????????? ????????? ???????????? ? ?????? ?????? : ?????? ????/????

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिएका छन् ।

उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना अघि बढाउने सन्दर्भमा भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा आगामी आगामी विसं २०८१ सम्ममा पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ ।

आयोजना निरीक्षणपछि मन्त्री उप्रेती आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए । काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

एसियाली सडकको मापदण्डअनुरुप निर्माण हुने उक्त राजमार्गमा लामा र छोटा गरी ८७ वटा पुल र तीन वटा सुरुङ रहने छन् । करिब ७२ दशमलव छ किमी लम्बाइको उक्त द्रुतमार्गका हालसम्म भौतिक प्रगति १९ र वित्तीय प्रगति २१ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?