१५ चैत्र २०७९, बुधबार

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत २ गते देखि

२०७९,माघ,११,बुधबार १७:२६

63
Shares

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा गरेको हो ।

कार्यक्रमबारे जानकारी गराउँदै कार्यक्रमका मिडिया संयोजक दिवस गुरागाईंले आउँदो चैत्र २ गतेदेखि ६ गते ९मार्च १६ देखि २०० सम्म छैटौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने बताए ।

उनले ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरिएको बताउँदै विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ पुरस्कार वितरण गरिने जानकारी दिए ।

उनले यस पटकबाट निफका प्रतिष्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गर्ने र क्युएफएक्स सिनेमासँगको सम्झौता अनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन हुने बताए । महोत्सवका रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिनेपनि बताए ।

उनले भने, ‘कोभिड-१९ का कारण चौथो र ५ औं निफ कष्टपूर्ण जनजीवनका बीच गर्नुपरेको थियो । प्रतिष्पर्धामा आएका बाढीले भने हामीलाई उत्साहीत बनाएको छ । ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरी विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ । यस पटकबाट निफका प्रतिष्पर्धी चलचित्र सिनेमा हलमा गरिनेछ । क्युएफएक्स सिनेमासँगको सम्झौता अनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन गरिनेछ । विगतमा झैँ महोत्सवका रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिइनेछ । चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरुको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुनेछ । यस्ता कार्यक्रमले नेपाली चलचित्रको आगामी मार्ग तयार गर्न भुमिका खेल्नेछ ।’

महोत्सवममा चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरुको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति: २०७९,माघ,११,बुधबार १७:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् ।

काठमाडौं । नेपालमा रङ्गमञ्चको आफ्नै महत्व र आवश्यकता छ । रङ्कर्मीको रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका

काठमाडौं । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा विवाद हुँदा दुर्गेशसहित तीन जनाले कुटपिट गरेको भन्दै

काठमाडौं । भोजपुरी अभिनेत्री तथा मोडल आकांक्षा दुबे मृत अवस्थामा फेला परेकी छिन् । दुबेको शव सारनाथ थाना क्षेत्रको सोमेन्द्र

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३