कर्णाली सरकारले पायो पूर्णता, माओवादीबाट ४ र एमालेबाट ३ जना मन्त्री

लोकपथ
117
Shares

काठमाडौं । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्री शर्माले आज बुधबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । कर्णाली मन्त्रिपरिषदमा ७ वटा मन्त्रालय रहने छ । ७ मन्त्रालयमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका छन् ।

माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?