राज्य ‘प्रेम’ हरुको मृत्यु कुर्ने चिहान मात्रै नबनाेस्

लोकपथ
650
Shares

काठमाडाैं । उद्यमशिलताबाटै मुलुकमा केही गर्ने अठोट र दृढता बोकेका तर चौरासी हण्डरबाट मुक्त हुन नसकेपछि इलामका एक युवा प्रेम आचार्यले आफैंले आफैंलाई आगो लगाएर मृत्यु स्वीकारे । त्यो पनि मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनताको सार्वभौम थलो भनिएको संसद भवन अगाडी नै ।

हो, प्रेमको आत्मदाह आलोच्य छ । आफैंले आफैंलाई मार्नु पनि हत्या नै हो । तर यो हत्यासम्म पुग्न केले बाध्य बनायो भनेर प्रेमले आत्महत्या अगाडी सामाजिक सञ्जालमार्फत् जे कुरा बकेका छन्, त्यो जिउँदा रहेका नेपाली समाजलाई छाडेका करोडौंका सवाल हुन् ।

देशभित्रै रहेर केही गरौं भन्दा प्रेमले पाएका हण्डर र उनलाई त्यो बिन्दूसम्म पुर्याउने हाम्रो समाज, राज्य संयन्त्र र कथित ठूलाबडा धनी महाजन, व्यापारी, बैंकर र बिचौलियामाथि कुनै खोजिनीति गरिन्छ कि गरिन्न, त्यहींबाट शुरु हुन्छ, यो राज्य संयन्त्र मूर्दा बनिसकेको छ वा जिउँदो भन्ने ।

हुनत, सामन्त र बिचौलियाले नियन्त्रणमा लिएको मुलुकलाई मुक्त गराउने भन्दै सत्रौं हजार नागरिकलाई युद्धको बलिबेदीमा होमेर शक्ति आर्जन गर्दै प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नै अगाडी एक युवकले आत्मदाह गर्दा रोकिन आवश्यक ठानेनन् बरु कार्गेडको सुरक्षामा हुइँकिए । यसले पनि देखाउँछ हाम्रो देशको शासकको मनोवृत्ति ।

मुलुकको प्रधानमन्त्री आफ्नै अगाडी एउटा नेपालीले आगो लागेर जलाइरहँदा संवेदनशील बन्न सक्दैन, रोकिन सक्दैन भने तिनले गरेको भनिएको क्रान्ति कसका लागि ? फगत देश लुट्ने बिचौलियाहरुको सहवासमा लिप्त नेतृत्वबाट आमनागरिकले के अपेक्षा गर्ने ?

मथिंगल हल्लाउने दारुण घटना हो बानेश्वर ‘प्रेम आत्मदाह’ । त्यसैले त उनले फेसबुकमार्फत् सार्वजनिक गरेको करिब ६ हजार शब्दको ‘बकपत्र’ पढ्नेहरु भावविह्वल मात्र बनेका छैनन्, त्योभन्दा बढी आक्रोशित पनि देखिन्छन् । उनको मृत्युपछि आएको कमेन्टहरु हेर्दा मानिसको मनमा विद्रोहको आगो दन्केको भान हुन्छ ।

वर्षेनी करिब सात हजारमा हुने गरेको आत्महत्याको तथ्यांकमा एउटा संख्या थपिएकाको रुपमा मात्रै सीमित राखेर सरकारले यस घटनालाई हेर्यो भने त्योभन्दा बिडम्बना अरु केही हुनेछैन । यो त प्रेम जस्ता केही गरौं भन्ने उद्यमशील युवा र भुईँमान्छेहरुलाई डसेर पालिएको राज्य संयन्त्रमाथिको कालो धब्बा नै हो ।

मृत्यु बकपत्र हेरेर सीधा भन्ने हो भने, प्रेमको हत्यारा हो यो राज्य । कथित, ठूलाबडा भनिएका व्यापारी, व्यवसायी, बैंकर हुन् प्रेमको आत्महत्या दुरुत्साहनका पात्रहरु । उनले जुन जुन प्रकरणमा ज–जसको नाम लिएका छन्, ती सबै कुनै न कुनै तहका अभियुक्त हुन् ।

आफ्ना कमजोरीहरुबाट मुक्त हुन एक चिट्को मृत्यु श्रद्धाञ्जली व्यक्त गर्ने र शोक मनाउन बिदा घोषणा गर्ने शैलीले यो प्रकरणमा छुट पाउनु हुन्न । कसरी एउटा मध्यम वर्ग समाजमा थापिएका अनेकन जालमा परेर मुक्त हुनै नसक्ने गरी पासोले बेरिएको छ भन्ने दृष्टान्त हो ‘बानेश्वर आत्मदाह’ । उनको मृत्युवरणपछि समाज जसरी उद्वेलित भएको छ, यसले निराशाको अर्को विष्फोट नल्याओस् । नयाँ सपना देखाएर समाजलाई भड्काउने माओवादीदेखि विवेकशीलसम्मको राजनीति हाँक्नेहरुमाथि उनले जसरी प्रश्न उठाएका छन्, त्यसले देखाउँछ विफल राजनीतिले युवा मष्तिष्कमा पारेको असर ।

प्रेमहरुजस्ता करोडौं जनताको मत लिएर र तिनीहरुमाथि आशाको खेती गर्दै बानेश्वरस्थित संसद भवनभित्र पुगेको सार्वभौम भनिएका सांसदहरुले यस प्रकरणलाई कसरी सम्बोधन गर्नेछन् ? मौनधारण मात्र गरेर यसलाई विषयान्तर गरिने छ या वर्षेनी हजारौंले अनाहकमा त्यागिरहेको जीवनप्रति आशा जगाउने कुनै रणनीति बनाइने छ ?

हरेक वर्ष अर्थमन्त्रीले रातो रिबन काटेर पढिने खरबौंको बजेटको के अर्थ एउटा युवालाई गरिखाने असल र सरल बाटो देखाउन सक्दैन भने ? तिमले सृजना गरेका राज्यका निकायहरुको के औचित्य एउटा उद्यमीलाई पर्दा सघाउँदैन भने ? अनि केही गर्छु भन्ने एक उद्यमीलाई चौतर्फी घेराबन्दी गरेर चक्रब्यूहमा पार्दै मृत्युको बाटो रोज्न लगाउने देशका दर्जनौं बैंक र तिनले वर्षेनी देखाउने नाफाका वित्तीय वासलातकाे के अर्थ ?

मथिंगल हल्लाउने दारुण घटना हो बानेश्वर ‘प्रेम आत्मदाह’ । त्यसैले त उनले फेसबुकमार्फत् सार्वजनिक गरेको करिब ६ हजार शब्दको ‘बकपत्र’ पढ्नेहरु भावविह्वल मात्र बनेका छैनन्, त्योभन्दा बढी आक्रोशित पनि देखिन्छन् । उनको मृत्युपछि आएको कमेन्टहरु हेर्दा मानिसको मनमा विद्रोहको आगो दन्केको भान हुन्छ ।

हरेक वर्ष अर्थमन्त्रीले रातो रिबन काटेर पढिने खरबौंको बजेटको के अर्थ एउटा युवालाई गरिखाने असल र सरल बाटो देखाउन सक्दैन भने ? तिमले सृजना गरेका राज्यका निकायहरुको के औचित्य एउटा उद्यमीलाई पर्दा सघाउँदैन भने ? अनि केही गर्छु भन्ने एक उद्यमीलाई चौतर्फी घेराबन्दी गरेर चक्रब्यूहमा पार्दै मृत्युको बाटो रोज्न लगाउने देशका दर्जनौं बैंक र तिनले वर्षेनी देखाउने नाफाका वित्तीय वासलातकाे के अर्थ ?

केही गरिखान्छु भन्नेलाई लखेटी लखेटी मृत्युको डिलमा पुर्याउनेहरुको सिण्डिकेट कति बलियो छ भन्ने दृष्टान्त पनि हो प्रेमले साझा गरेको ‘सुसाइड नोट’ । हाम्रो देशको व्यवसायिक वातावरण टूकुचाभन्दा पनि कति दूषित छ भन्ने जिवित दस्तावेज पनि हो यो । दशकौंदेखि मुलुक, ढुकुटी र जनतामाथि लूटिखानेहरुको सत्ता शासक फेरिँदै वा व्यवस्था बदलिँदैमा किन फेरिन सकेको छैन भन्ने उदाहरण पनि हो यो ।

तलदेखि माथिसम्म, सडकदेखि सदनसम्म स्वार्थको रजाइँ गर्नेहरुको मिलिभगत कसरी भइरहेको छ ? किन राज्यका संयन्त्रहरु ती बिचौलिया, तस्कर, माफिया र दलालहरुको चंगुलबाट मुक्त हुन सकेका छैनन् ? कानूनबाट शासित हुन चाहनेभन्दा कानूनमाथि शासन गर्नेहरु कति बलिया बनेका छन् ? भन्ने पनि यस प्रकरणले देखाउने छ । आसेपासे पोस्ने क्रोनी क्यापटलिज्मले कसरी शासन, शासक र व्यवस्थालाई क्वाप्लक्कै खाइरहेको छ भन्ने आँखा खुलाउने बकपत्र हो यो ।

प्रेमको मृत्युपछि परिवारलाई सान्त्वना दिन पुगे गृहमन्त्री रवि लामिछाने । के उनले प्रेमले बकपत्रमा उल्लेख गरेका र देशको व्यवसायिक वातावरण सुधार्न सरकारलाई दिएका २५ बुँदामाथि मन्त्रिमण्डलमा बहस चलाउने छन् ? त्यसअनुसार सुधारको पहलकदमी लिनेछन् ? कसाहीका अवतारमा उत्रिएका नवधनाढ्य, साहूमहाजन, बैंकरदेखि पाइलैपिच्चे हण्डर दिनेहरुलाई कठघरामा उभ्याउने हिम्मत छ ? यसैबाट छुट्टिने छ, राज्यको करनी र कथनीको अन्तर ।

कांग्रेस–एमालेले गरेको २०४६ सालको बहुदलीय प्रजातन्त्र होस् वा प्रचण्डको कथित जनयुद्ध या राजा मिल्काएर गणतन्त्र ल्याएको २०६२/०६३ को आन्दोलन, तिनले किन शोषित पीडित जनताको जीवन र दिनचर्या सरल बनाउन सकेन ? क्रान्तिका नायक भन्नेहरु भुईंमान्छेबाट टाढिने र केही संख्याका दलाल पुँजिपतीको इशारामा किन नाचिरहेका छन् ? प्रचण्डको बिछ्यौनासम्म कसको पहुँच छ ? हिजो मृगतृष्णाझै छरेका सपनामा मर्न र मार्न उक्साएका युवा कि केही मुठ्ठीभरका बिचौलिया, तस्कर, माफियाहरु ?

प्रचण्ड दुरुत्साहनमा भड्केर केही नपाएपछि खाडी भासिएको एउटा पूर्व लडाकूको शव बाकसमा बन्द भएर ल्याउँदा श्रद्धाको एक थुंङ्गा फूलसम्म चढाउन जाने हिम्मत र साहस उक्त कथित युद्धका सुप्रिमो वर्तमानका प्रधानमन्त्रीमा किन हुन्न ? जवाफदिने हिम्मत छ, यो नेतृत्वसँग ?

पार्टीको दैलो र नेताको थैलो भर्नेहरु मात्रै किन पोसिएका छन् ? जनताले शासन सत्ता हातमा लिँदा पनि किन लाखौं युवा खाडी र मलेसियामा जोखिमयुक्त श्रम गर्दै रगत र पसिना बेच्न अभिशप्त छ ? देशको मन्त्रिमण्डलमा यस्ता युवाका आँशु र गरीबीको भट्टीमा सेकिएका भुईंमान्छेका बारेमा किन बहस हुन्न ? अनि निराशा र असफलताबाट घेरिएका प्रेम जस्ता युवाहरुका लागि ढाडस बनेर यो राज्यसत्ता किन उभिन सक्दैन ?

देशमै केही गर्छु र उद्यम गरेर बाँच्छु भन्दा पाइला–पाइलामा हण्डर खानेहरुको बकपत्र हो, प्रेमको सुसाइड नोट । कसरी हरेक मोड र घुम्तिहरुमा लुटेराहरु भेष बदलेर उभिएका हुन्छन् र निर्वस्त्र हुँदासम्म पनि लूट्न छाड्दैनन् र मार्न डिलमै लगेर घचेट्छन् भन्ने तीतो यथार्थ हो यो ।

प्रेमको मृत्युपछि परिवारलाई सान्त्वना दिन पुगे गृहमन्त्री रवि लामिछाने । के उनले प्रेमले बकपत्रमा उल्लेख गरेका र देशको व्यवसायिक वातावरण सुधार्न सरकारलाई दिएका २५ बुँदामाथि मन्त्रिमण्डलमा बहस चलाउने छन् ? त्यसअनुसार सुधारको पहलकदमी लिनेछन् ? कसाहीका अवतारमा उत्रिएका नवधनाढ्य, साहूमहाजन, बैंकरदेखि पाइलैपिच्चे हण्डर दिनेहरुलाई कठघरामा उभ्याउने हिम्मत छ ? यसैबाट छुट्टिने छ, राज्यको करनी र कथनीको अन्तर ।

अब फेरि अर्काे कुनै युवाले यस्ताे बाटाे राेजेकाे सुन्न नपराेस् कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?