१५ चैत्र २०७९, बुधबार

ग्लोबल आइएमई बैंकको ६३ औँ एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

२०७९,माघ,११,बुधबार १७:०८

72
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने लगायत सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३६५ शाखा, ३६९ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: २०७९,माघ,११,बुधबार १७:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार नेपाली बजारमा

काठमाडौं । एमजी भेइकलको लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरीयन्टको एसयुभि एमजी जेड

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले

काठमाडौं । कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ ।

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२