एक वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ : राज्यमन्त्री सिंह

लोकपथ
70
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरेका छन् । नेपाल विद्युत प्राधिकरणले एक वर्ष भित्र मुलुकलाई पुग्ने गरी विद्युत उत्पादन गर्ने उल्लेख गर्दै उनले त्यसको खपत हुनेगरी विद्युतीय चुल्होको व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन दिए ।

बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राज्यमन्त्री सिंहले गुणस्तरीय विद्युतीय चुल्होको आयात गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराए । गरिव जनताको घरमा टिकाउ हुने खालको विद्युतीय चुल्हो पुर्याउनुपर्ने उनको भनाई थियो ।

राज्यमन्त्री सिंहले विद्युतीय चुल्हो ग्याँसभन्दा सस्तो हुने भएकाले जनतालाई सो कुरा बुझाउन घरघरमा अभियाननै संचालन गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए । उनले खाना पकाउने ग्याँसका लागि मुलुकको ठूलो धनराशी देश बाहिर गएको भन्दै त्यसलाई रोक्न पनि विद्युतीय चुल्होको खपत बढाउनुपर्ने तर्क समेत गरे ।

राज्यमन्त्री सिंहले भने, ‘अनुदान त्यो वर्गको पाउनु पर्दछ, जुन वर्गलाई आवश्यक छ । आज ८ हजार चानचुन यो बिजुलीको चुल्हो बाँडने भनिएको छ । २९ सय चुल्हो चाँही त्यो वर्गले पाउनेवाला छ । त्यो पूरा गर्न सकेन । गाउँबाट, विकट एरियाबाट आएको विद्यार्थीहरुले त्यो पाउन सकेन । आज गाउँबाट गरिवका छोरा काठमाडौं पढन आईराखेका छन । एउटा कोठामा ४÷४ जना बसेर पढनु परिराखेको छ । मिलेर विद्यार्थीहरु पढेर बसिराखेका छन । पुरानो घरमा बसीरहनु परेको छ । त्यो घरमा हामीले विजुलीले चुल्हो प्रयोग गर्न धान्दैन । त्यो चुल्हो उहाँहरुको खाटमुनि थन्किन्छ । त्यतातिर पनि सरकारी पक्ष र सरोकारवाला पक्षले पनि सोच्नुपर्ने अवस्था मैले देखेको छु । आज यता हेर्नुस् । आज जुन वर्गलाई हामीले लक्षित गरेका छौं । कृषि मन्त्रालयले करोडौंको अनुदान दिएको छ । त्यसको सदूपयोग भएको मलाई थाहा छैन । नेताका छोराछोरी, भाई, कार्यकर्ताहरुले अनुदान करोडौं रुपैयाँको पाएको छ । फिर्ता गर्नु पर्दैन । यस्तो अवस्था छ मुलुकको । ती विद्युतीय चुल्होको पनि कमीकमजोरीहरुले गर्दाखेरी त्यो दिन पाएको छैन । मलाई विश्वास छ–क्वालिटीमा यहाँहरुले कम्परमाईज गर्नु हुनेछैन । तर अलिकति महंगो होस् । मार्केटमा आएको यी चुल्हाहरु गरिव जनताको घरमा जाँदाखेरी केही समयसम्म ढुक्क भईकन चलाउन सक्ने गरी इम्पोर्ट गर्नका लागि सरकारको तर्फबाट पनि, यहाँहरु विज्ञ र विशेषज्ञहरुको तर्फबाट पनि सल्लाह, सुझाव र हामीले झक्झक्याउने ठाउँमा, हामीले बोल्नुपर्छ भन्ने ठाउँमा हामीले गर्नुपर्छ ठाउँमा गर्नेछौं भन्ने बचन दिन चाहन्छु । आज वास्तवमा भन्ने हो भने केही वर्ष भित्रमै, एक वर्ष भित्रमा हामीलाई चाहिने विद्युतहरु प्राधिकरणले उत्पादन गर्दैछ । र, यदि यो विद्युतीय चुल्हो हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्मका जनतालाई यो चुल्होले यो यो फाईदा गर्छ । स्वास्थ्यलाई फाईदा गर्छ । ग्याँस किन्नका लागि भईरहेको भारी डलरलाई बचाउन सक्छौं । ४० प्रतिशतसम्म सस्तोमा जनताले उपयोग गर्न सक्छन भन्ने कुरा जनतालाई हामीले सिकाउन सक्नु पर्दछ । यो अभियान घरघरमा पु¥याउन सकियोभने मुलुकको ठूलो धनराशी बचत हुन्छ । जनताले सस्तोमा खाना पकाउन पाउनेछन । उनीहरुको स्वस्थ्य समस्या पनि कम भएर जानेछ ।’

राज्यमन्त्री सिंहले विद्युतीय चुल्होका लागि दिइएको अनुदान दूरुपयोग नगर्न पनि कडा निर्देशन दिए । नेताहरुका छोराछोरी र कार्यकर्ताहरुले मात्रै सो अनुदान सहायता पाउने गरेको आफूले जानकारी पाएको उल्लेख गर्दै सो अनुदान लक्षित समूदायमा पुर्याउनुपर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?