२४ माघ २०७९, मंगलवार

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

२०७९,माघ,११,बुधबार १५:४४

99
Shares

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालय-गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालय-युवराज दुलाल ‘शरद’, सामाजिक विकास मन्त्रालय-कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रालय-केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्रालय-एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालय-रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय-डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रालय-राजु बिष्टलाई शपथ ग्रहण गराएका हुन् ।

यसअघि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय( शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्रालय-जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय-उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।

 

प्रकाशित मिति: २०७९,माघ,११,बुधबार १५:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न

धनगढी। सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार (भोलि) मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा

काठमाडौं । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल निर्माण

ताजा समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै
 २०७९,माघ,२४,मंगलवार १०:३८
आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७