रवि लामिछाने नेपाली मूलका विदेशी नागरिक हुन् : अधिवक्ता भण्डारी

लोकपथ
65
Shares

काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जारी छ । सर्वोच्चको अदालतको संवैधानिक इजालसमा बहस जारी छ ।

आज रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा आज पाँच जना वकिलहरूले बहस गरेका छन् । रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका हुन् ।

मुद्दाको बहसका क्रममा रिट निवेदकका तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारीले रवि लामिछाने अहिले नेपाली मूलका विदेशी नागरिक भएको दाबी गरेका छन् ।  उनले बहस गर्दै रविले आफूलाई कानूनभन्दा ठूलो ठानेको जिकिर गरे ।

बहस गर्दै उनले भने, ‘अमेरिकी नागरिकता त्यागिसकेको निवेदन दिनुपर्नेमा कुनै पनि प्रक्रिया पालना नगरेको, आफूलाई कानूनभन्दा माथि ठानेको छ । अमेरिकी दूतावासमा पनि नागरिकता त्यागको लागि निवेदन दिएको भनेर अध्यागनलाई जानकारी गराएको अवस्था छ । त्यही भएर उनी नेपाली मूलका विदेशी नागरिक हुन् ।’

अधिवक्ता भण्डारीले विदेशी नागरिकता त्यागेको भने पनि प्रमाण पेश गर्न नसकेको दाबी गरे । उनले नागरिकता पुनः प्राप्त गर्न विदेशी नागरिकता त्यागिसकेको प्रमाण तोकिएको अधिकारीलाई निवेदनमार्फत दिनुपर्ने बताए ।

नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका वकिलको बहस सकिएको छ । अहिले खाजा समयका लागि सुनुवाइ रोकिएको छ । खाजा समयपछि लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूले बहस गर्नेछन् ।

संवैधानिक इजलासमा कायममुकायम मुख्यन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।

यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?