भ्रातृ संस्थाको केन्द्रीय समितिको आकार बढाउने देउवाको प्रतिबद्धता

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाको केन्द्रीय समितिको आकार बढाएर गठन हुने बताएका छन् ।

भ्रातृ संस्थाका बारेमा छलफल गर्न बुधबार नेता शेखर कोइराला पक्षका तीन पूर्व विद्यार्थी नेता रञ्जित कर्ण, सुवास पोखरेल, मनोजमणि आचार्य धुम्बाराही पुगेका थिए ।

उक्त छलफलमा देउवाले भ्रातृ संस्थाको केन्द्रीय समितिको आकार बढाएर गठन गर्ने बताएका हुन् । २५१ देखि ३०० सम्म हुने गरि नेविसंघको केन्द्रीय समिति बनाउन पूर्व विद्यार्थी नेताहरुले सभापति देउवालाई सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?